अनलाइन मार्फत किन्दा ठगीइने सम्भावना बढी

पहिले पहिले पुराना बाइक स्कुटी किन्नु पर्यो भने रिकण्डिसन हाउस खोज्नै धौ धौ हुन्थ्यो । आजभोली जस्तै जताततै रिकण्डिसन हाउसहरु हुँदैनथ्यो ।
तर समय परिवर्तन भैसक्यो । आजभोली रिकण्डिसन हाउस नभेटिने शहर नै छैनन् भन्दा फरक नपर्ला । शहरमा पनि मुख्य मुख्य चोक सबैतिर रिकण्डिसन हाउसहरु भेटिन्छन् ।

तर सबै रिकण्डिसन हाउसहरु विश्वासिला र भरपर्दा हुन्छन् भन्ने चाहिँ हुँदैन । सबै ग्राहकलाई बाइक स्कुटीको प्राविधिक कुराको जानकारी नहुन पनि सक्छ । त्यसैले अहिलेको आवश्यकता भनेको विश्वासिलो रिकण्डिसन हाउस नै हो ।कतिपय बाइक स्कुटीहरु दुर्घटनामा परेको, इन्जिन खोलेर कमसल खालले बनाइएको वा त्यसको रफ प्रयोग भएको पनि हुन सक्छ ।

त्यस्ता बाइक स्कुटी झट्ट हेर्दा सबैले पत्ता लगाउन सक्दैनन् पनि । तर रिकण्डिसन हाउसका सँचालक भने त्यस्ता कुराहरु परीक्षण गर्न सक्षम हुन्छन् । त्यसैले बाहिर ब्यक्तिगत रुपमा पुराना बाइक स्कुटी खरिद गर्न भन्दा रिकण्डिसन हाउस मै खरिद गर्नु उत्तम हुने बताउँछन् विकास विजि इन्टरप्राइजेजका सँचालक सुवास सुनार ।

आफुहरुले खरिद गर्नुपुर्व नै राम्रोसँग चेकजाँच गर्ने भएकाले समस्याग्रष्त बाइक तथा स्कुटी खरिद नै नगर्ने उनले बताए । उनका अनुसार ग्राहकले आफ्नो रिकण्डिसन हाउसमा राम्रो कण्डिसनका बाइक तथा स्कुटी मात्र पाउने उनको दावी छ ।

उनका अनुसार आजभोली अनलाइन मार्फत ब्यक्तिगत रुपमा खरिद बिक्रिको चलन बढेकोमा त्यसरी ठगीइने सम्भावना बढी हुने बताउँछन् । अनलाइन तथा सामाजिक सँजालले कतिपय कुराहरु सजिलो बनाइदिएको भएता पनि सम्बन्धित बिषयमा जानकार नहुनेहरुका बीच हुने त्यस्ता खालका कारोबार भने उपयुक्त नदेखिने उनको ठहर छ ।

विगत १८ बर्ष देखि रिकण्डिसन व्यवसायमा लागेको अनुभव सुनाउँदै उनले आजभोली बल्ग्रेल्ती खुलेका रिकण्डिसन हाउसले गर्दा यस सम्बन्धि सरकारले पनि निश्चित मापदण्ड बनाउनु पर्ने राय व्यक्त गर्दछन् । रिकण्डिसन सम्बन्धि संघमा समय समयमा यस सम्बन्धि चर्चा भैरहने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *