शान्ति शाक्य, प्रबन्ध निर्देशक
नेपालका अटोमोवाइल कम्पनीहरु बीचको रोमाञ्चक फुटसल म्याचको छैठौं सँस्करण छिट्टै शुरु हुदैंछ ।
विगतमा पाँचवटा म्याच सफलतापुर्वक सम्पन्न गरिसकेको यो प्रतियोगितालाई नेपाली अटो व्यवसायीले निक्कै चासोका साथ सहभागिता जनाउने गर्दछन् ।
नेपालमा चल्तिमा रहेका ठुला ब्राण्डहरु प्रायः धेरैले यो प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेका छन् ।
सिक्स्थ दि ग्राण्ड अटो कप नाम दिइएको यो प्रतियोगिताको २०२२ को सँस्करण यहि आउँदो १० डिसेम्बरमा ललितपुरको नेशनल स्पोर्टस् सेन्टरमा सँचालन हुने आयोजकले जनाएको छ ।
नेपालमा रहेका अटो व्यवसायीहरुका बीच भाइचाराको भावना जागृत गर्दै खेलकुदलाई पनि टेवा दिने उद्देश्यले यो प्रतियोगिता गरिँदै आएको आयोजक डि.एम. नेपालकी प्रबन्ध निर्देशक शान्ति शाक्यले इअटोनेपाललाई बताउनुभयो ।
आउँदो ५ डिसेम्बर सम्ममा रजिष्टर गर्ने गरी सुचना जारी गरिएको छ । अधिकतम् १६ टिमहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।