क्लच अनि ब्रेक गाडीको गति ५ देखि १० किमी. प्रतिघण्टा रहेको छ भने यस्तो अवस्थामा पहिले ब्रेक लगाउँदा गाडीको स्टार्ट बन्द हुुन्छ । यो अवस्थामा गाडी गियरको बसभन्दा कम गतिमा गुडिरहेको हुन्छ । त्यसकारण एकदमै कम गतिमा गुडिरहेको हुन्छ । त्यसकारण एकदमै कम गतिमा सवारी चलाउँदा रोक्नु परेको अवस्थामा पहिला क्लच अनिमात्र ब्रेक लगाउनु पर्दछ ।
क्लच र ब्रेक संगसंगै यदि गाडी २० वा ३० किमी. प्रतिघण्टाको गतिमा गुडिरहेको अवस्थामा अचानक गाडी रोक्नु पर्ने भएमा क्लच र ब्रेक थिच्नु उपयुक्त हुन्छ । यसो गर्दा गाडी पनि रोक्न्छि र इन्जिन पनि बन्द हुँदैन ।
पहिला ब्रेक अनि क्लच यदि ८० देखि ९० किमी. प्रतिघण्टाको गतिमा गाडी गुडिरहेको छ भने यस्तो अवस्थामा गाडीको गति कम गर्न क्लच नदबाईकन विस्तारै ब्रेक दबाउनु पर्दछ । विस्तारै ब्रेक दबाउँदा गाडीको स्पिड ४० किमी. प्रतिघण्टा आएपछि मात्र क्लच दबाएर गेयर चेन्ज गर्नु पर्दछ, किनकी ४० किमी. प्रति घण्टाको गति भनेको ५ गियरको सबभन्दा कम गति हो । यस्तो गतिमा पनि गेयर चेन्ज गरेन भने गाडी झड्का खान सक्छ र स्टार्ट बन्द हुन सक्छ ।
ब्रेक मात्र आफू चलिरहेको गतिमा केही गति कम गर्नु छ भने ब्रेक मात्र लगाए पुग्छ । गाडीलाई राक्नु छैन गति मात्र कम गर्नु पर्ने अवस्थामा एक्सिलेटर छाडेर ब्रेकमात्र हल्का थिच्ने गर्नुपर्छ । गति कम भएर गियर नै चेन्ज गर्ने अवस्थामा वा रोक्नै पर्ने अवस्थामा मात्र क्लच थिच्नु पर्ने हुन्छ । यसले यात्राको दौरान सुरक्षित बनाउँछ ।