पुरानो कार किन्दा ध्यान दिनुपर्ने कुराहरु

पुरानो कार हेर्न जाँदा सबैभन्दा पहिला कारको बाहिरी बनावटमा ध्यान दिनुहोला । पेन्ट ओरिजिनल हो वा पछि पेन्ट गरेको भन्ने कुरा हेर्नुहोला । पछि पेन्ट गरेको पाउनुभयो भने किन पेन्ट गरेको भन्ने जानकारी लिनुहोला । किनकी कतिपयले सामान्य स्त्र्रmयाचमा पनि पेन्ट गरेका हुन्छन् भने कतिपयले कुनै ठुलै दुर्घटना भएकोले मर्मट पछि पेन्ट गरेको हुनसक्छन् ।

मुल्य मिल्छ भने दुर्घटना भएको भन्दैमा पनि कार किन्नै हुन्न भन्ने हुँदैन । किनकी त्यसको राम्रो वर्कशप वा सर्भिस सेन्टरमा राम्रोसँग मर्मत गरेको भएमा खासै फरक पर्दैन । तर धेरैले पछि गराईने मर्मतमा खर्च कम लाग्ने गरी कमसल रुपमा काम गराउने भएकाले यसमा ख्याल गर्नुपर्ने देखिन्छ ।

बाहिरी बनावट हेर्दा कारको शिशा पनि हेर्नुहोला । किनकी शिशामा शिशा बनेको साल लेखिएको हुन्छ । शिशा बनेको साल र कार बनेको साल समान छ भने केहि फरक परेन । तर कार बनेको साल भन्दा शिशा बनेको साल पछि छ भने त्यो शिशा चेन्ज गरिएको हो भन्ने बुझिन्छ । शिशा किन चेन्ज गरियो भन्ने कुराको जानकारी लिनुहोला ।

कारको टायर र व्हिलको अवस्था पनि हेर्नुहोला, कारको अगाडिको भागमा रहेको बोनट कभर खोलेर हेर्नुहोला । यदि त्यो बोनट कभरको छेउमा टिनको पाता फोल्ड गरेको ठाउँमा खोलिएको देखेमा बोनट मर्मत गरेको बुझिन्छ । प्राय दुर्घटना भएका कारहरुको बोनट कभर मर्मत गरिएको हुनसक्छ ।

बोनट खोलेको बेलामा ईन्जिन स्टार्ट गरेर आवाज र कण्डिसन चेक गर्नुहोला । त्यहाँ भएको बेटीको पनि चेक गर्नुहोला । कारको भित्री भागको अवस्था पनि राम्रोसँग हेर्नुहोला । कारको सिट र सिटकभर कस्तो छ, कारको फर्समा रहेको सिन्थेटिकको अवस्था कस्तो छ, ड्यासबोर्ड, ओडोेमिटर, स्टेरिंग, गियर लिभर, ढोकाहरुको अवस्था सबै चेक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *