सवारीका एसेम्बल प्लान्ट कम्पनीहरु अलमलमा

सरकारको अस्थिर नीतिका कारण नेपालमा नै एसेम्बल उद्योग दर्ता गर्न व्यवसायी इच्छुक भएर उद्योग दर्ता गरे तापनि तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नभएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुव्र थापा सरकारले छुटको घोषणा गरेसँगै व्यवसायीको आकर्षण थपिएको बताउँछन् ।

त्यसैगरी चारपांग्रे सवारीतर्फ हुन्डाई र सुजुकी गाडीले एसेम्बल प्लान्ट राख्नका लागि उद्योग विभागमा दर्ता गरिसकेका छन् ।
तर यी कम्पनीहरु भने अलमलमै परिरहेका छन् । यसमा लगानी ठुलो रहेको र सरकारले गरेको व्यवस्था कुन समय के हुन्छ भन्नेमा आफुहरु निश्चित नभएको उनीहरु बताउँछन् ।

व्यवसायीहरुका अनुसार चारपाङ्ग्रे सवारीसाधानको एसेम्बल प्लान्ट निर्माणको लागि कम्तीमा ५ अर्ब रुपैयाँ लगानी लाग्छ । यति ठुलो लगानी गरेर कहिलेसम्मको यो सहुलियतले काम गर्छ भनेर पर्खिनुपर्ने अवस्था आउने अटो व्यवसायीहरुको भनाइ छ ।

थापाका अनुसार एसेम्बल प्लान्टहरु बढ्दै गएपछि सवारी साधनका लागि आवश्यक पाटपुर्जा, सिट, भाइजर लगायतका सामान उत्पादन गर्ने उद्योग समेत स्थापना हुन सक्छन्। त्यसपछि अरु प्लास्टिक र टायर उद्योग स्थापनाका कार्य समेत अगाडि बढ्न सक्छन्।

एसेम्बल प्लान्टलाई उत्पादनको पहिलो खुड्किलोको रुपमा भने लिन सकिन्छ। साथै, त्यसले सृजना गर्ने रोजगारी र भविष्यमा खुल्न सक्ने सहायक उद्योग एसेम्बल प्लान्टको बाटोहुँदै गुज्रने भएकाले यसले समग्र अटोमोबाइल क्षेत्रको विकासमा नै सहयोग पुग्ने अटो व्यवसायीहरुको भनाइ छ।

तर हालको अवस्था हेर्ने हो भने सवारी साधनको मूल्यमा धेरै परिवर्तन भने हुन सकेको छैन। अहिले पनि नेपालमा एसेम्बल भइरहेका मोटरसाइकल खासै कम मूल्यमा बिक्री गर्न सकेका छैनन्। तर पनि यहाँ नेपाली जनशक्तिले रोजगारी पाउने सम्भावना भने बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *