पाइपलाइनबाट पेट्रोल ल्याउन पूर्वाधार नै छैन

तीन वर्षअघिबाट सञ्चालनमा आएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको छ । यो पाइपलाइनबाट पेट्रोल र मट्टीतेलसमेत ल्याउन सकिने भए पनि अमलखेगन्जमा भण्डारणगृह नबन्दा डिजेल मात्रै आइरहेको छ । निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख प्रदीप यादवले पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउनका लागि बल्ल तयारी थालिएको बताए ।

‘पाइपलाइनबाट पेट्रोल ल्याउन ठूला क्षमताका भण्डारणगृह बनाउनुपर्छ । भर्खरै पेट्रोल भण्डारण गर्न मिल्ने चार ठूला ट्यांकी निर्माणका लागि टेन्डर आह्वान भएको छ । अब यो ट्यांकी निर्माण भएपछि मात्रै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल पनि ल्याउने हो,’ उनले भने । ट्यांकी निर्माणका लागि दुई वर्ष समय तोकिएको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *