बीवाईडीको १३ वर्षमा ३० लाख युनिट उत्पादन

विश्वभर करिब ७० वटा देशहरुमा बीवाईडीले बजार विस्तार गरेको छ भने सेप्टेम्बर महिनामा मात्र विश्वभर २ लाख १७ हजार ८१६ युनिट कार बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ ।

चिनियाँ कम्पनी बीवाईडीले १३ वर्षमा ३० लाख युनिट उत्पादन तथा बिक्री गरेको छ । कम्पनीले सुरुको १३ वर्षमा १० लाख युनिट विद्युतीय गाडी बिक्री गरेको बताएको छ । बीवाईडीलाई आफ्नो पहिलो १० लाख नयाँ इलेक्ट्रिक गाडी डेलिभरी गर्न १३ वर्ष लागेको थियो ।

कम्पनीले वितरण गरेको ३० लाखौ मोडल बीवाईडी सिल मोडल हो । तर पछिल्लो १६ महिनामा विद्युतीय गाडी बिक्री दोब्बर भएको छ । यो अवधिमा कम्पनीले २० लाख युनिट गाडी उत्पादन गरेको छ ।

यस्तै पछिल्लो ६ महिनामा १० लाख गाडी बिक्री गरेको छ । सन् १९९५ फेब्रुअरीमा स्थापित भएको उक्त कम्पनीले २०२१ सालमा मात्र ६ लाख भन्दा बढी कारहरु बिक्री गरेको छ ।
कम्पनीले पछिल्लो उत्पादन एट्टो ३ सार्वजनिक गरेसँगै बजार विस्तारलाई थप प्राथमिकता दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *