पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको महासचिवमा शिव श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार पोखरामा सम्पन्न १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट उनी महासचिवमा निर्वाचित भएका हुन् । उनी अघिल्लो कार्यकालमा वाडाको कोषाध्यक्ष भएर काम गरेका थिए । त्यस अगाडि कार्यसमितिमा लामो समयसम्म काम गरेका थिए ।
म वाडामा आवद्ध भएको झन्डै २० वर्ष भइसक्यो । वाडा भन्दा पहिला हाम्रो मोटरसाइकल एसोसिएसनसहित दुई वटा संस्था थियो । पछि त्यसलाई गाभेर अहिले वाडा भएको हो ।