पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा – WADA) पोखराको कार्यसमिति दुई जना युवा उद्यमीहरुको प्रवेश भएको छ ।
वाडाको कार्यसमिति सदस्यमा अटोवेज ग्रुपकी सन्ध्या पौडेल र जोन्छे ग्रुपका नुरज बाटाजूको प्रवेश भएको हो ।
शनिबार पोखरामा सम्पन्न १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट उनीहरु सर्वसम्मत कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।
एसोसिएसनको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, नि. अध्यक्षमा मोहनबाबु खड्का वरिष्ठ उपाध्यक्षमा राघव सिलवाल, उपाध्यक्षमा दीपेन्द्र कोइराला, महासचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा निरन के.सी र सचिवमा विनय थापा निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी, मनोज थापा, विष्णु गोयल पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।