मोटर स्र्पोट्स खेलको विश्कप सरह मान्यता भएको मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ फेडेरेशन इन्टेरनेशनल डे अटोमोवाइल एफआइएद्वारा फ्रान्सको मार्सेली शहरमा सञ्चालन भएको मोटर स्पोर्टस प्रतियोगितामा सहभागीता गराएर एउटा इतिहाँस रचेको अवसरमा नासा नेपालले खेलाडी तथा अन्य सहभागीहरुलाई पुरस्कृत गरेको छ ।
मानननिय सँस्कृती तथा पर्यटन मंत्री जिबन राम श्रेष्ठको आथित्यतामा नासा नेपालले त्यो प्रतियोगितामा भाग लिने खेलाडी तथा टिम सदस्यहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले ओलम्पिक फम्र्याटमा भएको यो खेलमा सहभागी खेलाडी र पदाधिकारीहरुलाई सम्मान गर्न पाउनु सुखद पक्ष रहेको जनाउनु भएको छ ।
नोपालबाट टोलीका कप्तान अनिल कुमार बराल र जिस्वन तुलाधर अटो स्लालम विधामा थिए भने दिप्रश शाक्य कार्टिङ विधामा थिए । उनिहरुलाई कार्यक्रममा अवार्ड अफ स्पोर्टम्यानसिप र अवार्ड अफ एक्सीलेन्स प्रदान गरिएको थियो भने खेलको व्यावस्थापकिय जिम्बेवारी पाएका यदुराज लामिछाने तथा सिर्जना अर्याललाई अर्वाड अफ एप्प्रीसीएसन तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विभिन्न मिडियाकर्मी, मोटर स्पोर्टस्का खेलाडि र नासा नेपालका विभिन्न पदाधिकारीको बिचमा यो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार टिकाराम यात्रीले मोटरस्पोर्टस् २०२२ को अनुभव साट्नु भएको थियो भने टिम म्यानेजर यदुराज लामिछानेले खेलाका यी टोलिका साथ फ्रान्समा झण्डा फहराउदा गर्वको महसुस भएको बताउनु भएको थियो । नासा नेपाल एथ्लेट्स कमिसनका प्रमुख उपेन्द्र प्याकुरेलले खेलाडीको हकहितमा सधै आफु लागिरहने अनि यस्ता सम्मानले खेलाडीको आत्मबल बढ्ने र भविष्यमा अझै उत्कृष्ठ नतिजा ल्याउने बताउनु भयो ।
यसरी खेलाडीलाई प्रोत्साहन अनि प्रेरित गर्दै सम्मान गर्न पाउदा निकै नै भाबुक भएको नासा नेपालका अध्यक्ष दशरथ रिसालले बताउनु भयो । उहाँले भविष्यमा खेलाडीहरुलाई खेल अगाडी तालिमको पनि व्यवस्था गर्ने जनाउनु भयो ।
नासा नेपालका वरिष्ठ सल्लाहाकार तथा वल्र्ड काउन्सिलका सदस्य गोविन्द भट्टराई नेपालमा मोटरस्पोर्टस्को राम्रो भविष्य रहेको र नयाँ पुस्ता यो विधामा निकै आर्कषित भएकोले देशले यो विधाबाट अन्तराष्ट्रिय जगतमा एउटा छुट्टै पहिचान बनाउनेमा आफु ढुक्क रहेको बताउनु भएको छ ।