समयसँगै धेरै परिवर्तन आइसकेको छ । नेपाल पनि विकासको क्रममा अघि बढिसकेको छ । अहिले नेपालमा अटोमोबाइल्स क्षेत्र भनेको युवा जगतमा आफ्नो क्यारियरका लागि निकै लोकप्रिय भएको छ । के बाहिर देख्दा जस्तो यसको भित्री लोकप्रियता पनि उस्तै छ त रु पक्कै पनि छैन । यहाँ पैसाको मोलमोलाईमा धेरैले धेरै किसिमका समस्याबाट गुज्रन परेको छ ।
यो क्षेत्रमा पनि अरु क्षेत्रमा जस्तै महिला र पुरुषको बिचमा धेरै नै फरक देखिन्छ । यो फिल्डमा मानिसको दक्षताभन्दा पनि जेण्डरलाई प्राथमिकता दिएको पाइन्छ ।
नाम चलेका ठूला ब्राण्डहरुमा पनि पुरुष नै छन् । डिआई पनि पुरुषहरु नै छन् ।
नाडाले आयोजना गर्ने, अटोमोबाइल्सको एकमात्र नाडा शोमा पनि महिलालाई अर्धनग्न राखेर एउटा निर्जीव वस्तुसँग बेचिएको हुन्छ । अप्रत्यक्ष यहाँ मानिसहरुको आँखामा त्यो निर्जीव वस्तुभन्दा शरीरको बनावटको मूल्यांकन गरिन्छ । हामी कसरी भन्न सक्छौं र हामी महिला सुरक्षित छौ भनेर रु त्यसैले हामीले हाम्रो मानसिकताबाठ यो हटाउन जरुरी छ की महिला पनि अहिले उत्ति नै सजग अनि अनुभवी छन्, जति पुरुष छन् । महिलाको श्रमको पनि उति मूल्यांकन होस्, जति पुरुषको हुन्छ ।