यामाहा स्कुटरको माइलेज ८०.५९, धनबहादुर खड्का विजेता

पूर्वी चितवनका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्टसले रे–जेट आर १२५ सिसि एफ.आई जडान स्कुटरको माइलेज टेस्ट प्रोग्राम गरेको छ ।

उक्त माइलेज टेस्टराइड प्रोग्राममा २३ जना रे–जेट आर १२५ सिसि स्कुटर चढने ग्राहकहरु थिए । नेपालको पहिलो बिएस सिक्स, एफ.आई टेक्नोलोजी स्कुटरमा साइड स्ट्यान्ड इन्जिन कट अफ, स्मार्ट मोटर जेनेरेटर तथा डिजिटल मिटरजस्ता फिचरहरू रहेको स्कुटरको तौल ९९ केजी रहेको छ ।

सो कार्यक्रममा प्रत्यक्ष सवारी धनीबाट स्कुटरको माइलेज टेस्ट गरिएको थियो । २३ जनाबीच गरिएको उक्त माइलेज च्यालेन्ज कार्यक्रममा औसत माइलेज ७३ भन्दा माथि रहेको यामाहा नेपालका इन्जिनियर परिचित अर्यालले जानकारी दिए ।
माइलेज च्यालेन्ज कार्यक्रम खैरहनी–८, पर्साबाट सुरू भई नमुना पेट्रोल पम्प, टाँडी, पिठुवा, पदमपुर, खोलेसिमल बजार हुँदै सौराहा होटल सनसेट भ्यूसम्म पुगेको थियो ।

कार्यक्रममा माइलेज ८०.५९ ल्याई विजेता भएका धनबहादुर खड्का, ८० ल्याई फस्ट रनर अप भएका नविना खनिया, ७८.११ ल्याई सेकेन्ड रनर अप भएका भोलाराज सिलवाललाई एम.ए डब्लु इन्टरप्राइजेजका रिजनल सेल्स म्यानेजर राम बोगटी र पार्टस्का प्रबन्ध निर्देशक उत्तम अधिकारीले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए ।

उक्त ¥यालीको व्यवस्थापन पार्टस्का मार्केटिङ प्रमुख सविन नेपाल र एमएडब्ल्यूका एरिया सेल्स म्यानेजर दीपककुमार विश्वकर्माले गरेका थिए । कार्यक्रममा उपस्थित सवारी धनीले यामाहा मोटरसाइकल र स्कुटर खरिद गरी सामाजिक कार्यमा हातेमालो गर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टस्का प्रबन्ध निर्देशक उत्तम अधिकारीले उपस्थित ग्राहकहरुलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *