प्रिस्किला ढकाल,
शोरुम अपरेशन ईन्चार्ज – भृद्धिशसिला इलेक्ट्रिक प्रा.लि.
अहिले नेपालमा विद्युतीय सवारीसाधनको बिक्रेता निक्कै बढेका छन् । भारत, चीन तथा अन्य मुलुकबाट दुई पाँग्रे तथा चार पाँग्रे सवारीसाधन आयात गरी नेपालमा बिक्रि वितरण भइरहेका छन् ।
यसै शिलशिलामा भारतमा उत्पादन भएको ओकाया विद्युतीय स्कुटर नेपाल भित्रिएको छ ।
अटोमोवाईल क्षेत्रमा केहि दशक देखि अनुभव बटुल्दै आइरहेका केहि लगानीकर्ताहरु मिलेर यो ओकाया ब्राण्डको विद्युतीय स्कुटर नेपाल भित्राएको हो ।
भृद्धिशशिला इलेक्ट्रिक प्रालिले यसलाई नेपाल भित्राएको हो । यसको शोरुम काठमाण्डौंको थापाथलीको ब्लुबर्ड मलमा खोलिएको छ ।
जसरी लामो समयको अन्तरालपछि पेट्रोलियम सवारीसाधन प्रति आम प्रयोगकर्ताको विश्वास र भरोसा छ, त्यसै गरी विद्युतीय सवारीसाधनमा पनि त्यो खालको विश्वास र भरोसा दिलाउने आफ्नो मुख्य उद्देश्य रहेको भृद्धिशसिला इलेक्टिक प्रालिकि शोरुम अपरेशन इन्चार्ज प्रिस्किला ढकालले बताइन् ।
विगतमा कतिपय व्यवसायीहरुले कमसल खालका र हेर्दा पनि खेलौना जस्ता देखिने विद्युतीय स्कुटर भित्राएर प्रयोगकर्तामा विद्युतीय सवारीसाधन प्रति नै एकखालको नकारात्मक छाप पारिएको छ । त्यसलाई तोड्नका लागि पनि आफुहरुले गुणस्तरीय ब्राण्ड र बिक्रि पछिको सेवालाई ध्यान दिएको उनले बताइन् ।
कतिपय अहिले बिक्रिमा राखिएका विद्युतीय स्कुटर पनि सानो साईजका, निक्कै होचा, टायर पनि साना, स्पिड पनि कम भएका तथा तान्न सक्ने क्षमता पनि कम भएका, बेट्रि क्षमता कम हुँदा रेन्ज पनि खासै नभएका खेलौना जस्तै लाग्ने स्कुटर पनि बजारमा देखिन्छन् ।
उनका अनुसार नेपाल जस्तो कम विकशित देशमा बाटोघाटो पनि राम्रो हुँदैन । त्यसैले ग्राउन्ड क्लियरेन्स पनि अग्लो नै भएको चाहिन्छ । स्कुटरमा एकजना मात्र बस्छु भनेर पनि भएन, कहिले काँहि दुइजना चढ्दा पनि स्कुटरले तान्न सक्नुपर्यो । रेन्ज पनि बढी दिने खालको बेट्रि प्याक भएको हुनुपर्यो । यस्ता अति आवश्यक कुराहरुको लगायत अन्य सानातिना सबै कुराहरुको सुक्ष्म अध्ययन गरेर नै ओकाया ब्राण्ड आयात गरि बिक्रि गर्न लागिएको उनले बताइन् ।