रिङरोडमा दु्रतगतिको बिजुली बस सञ्चालन गर्ने

काठमाडौं उपत्यकाको २७.३० किलोमिटर लामो चक्रपथ (रिङरोड)मा द्रुतगतिको बिजुली बस सञ्चालन हुने भएको छ । लगानी बोर्डले रिङरोडमा दु्रतगतिको बिजुली बस सञ्चालन गर्न यसअघि २०१९ मा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । साथै, अन्तिम सम्भाव्यता अध्ययन गर्न गत आइतबार अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वानसमेत गरिसकेको बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै सम्भाव्यता अध्ययन गर्ने इच्छुक संस्थाहरूलाई २६ मंसिरसम्म प्रस्ताव पेस गर्न आह्वान गरेको हो । बोर्डका सहप्रवक्ता रमेश अधिकारीले आयोजनाको सम्भाव्यता अध्ययन गर्न अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वान गरेको बताए । त्यसमा स्वदेशी तथा विदेशी कम्पनी सहभागी हुन सक्ने उनको भनाइ छ ।
‘हामीले गरेको पूर्वसम्भाव्यता अध्ययनले आयोजना बनाउन सकिने देखाएको थियो । त्यसैले सम्भाव्यता अध्ययनको थप प्रक्रिया अघि बढाएका हौँ,’ उनले भने, ‘उक्त सम्भाव्यता अध्ययन भएपछि आयोजना कुन मोडलमा निर्माण गर्ने, कसरी बनाउने भन्नेलगायतका विषयमा स्पष्ट जानकारी आउँछ । त्यसपछि पिपिपी मोडेलमा उक्त आयोजना निर्माणका लागि आह्वान गर्छाैँ । समग्रमा यो आयोजना बनाउन निजी क्षेत्रलाई नै प्रोत्साहन गर्ने हाम्रो उद्देश्य छ ।’
पूर्वाधारविज्ञ तथा लगानी बोर्डका पूर्वपूर्वाधार सल्लाहकार आशिष गजुरेलले यो आयोजना काठमाडौंका सार्वजनिक यातायातमा कोसेढुंगा सावित हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *