बिजुली बस र्याोपिड ट्रान्जिट नौलो अवधारणा

बिजुली बस र्याोपिड ट्रान्जिट (बिजुली बस द्रुत परिवहन) नेपालमा नौलो अवधारणा हो । विशेष गरी यो रबर टायरमा आधारित यातायात प्रणाली हो, जुन अन्यभन्दा छिटो र भरपर्दाे हुने बताइन्छ । यस्तो गाडी गुड्नका लागि छुट्टै लेन नै बनाइएको हुन्छ । सोही कारण अन्य गाडी ट्राफिक जाममा परे पनि यस्ता गाडी भने गुडिरहेकै हुन्छन् । फलस्वरूप, यो अन्यभन्दा छिटो र सजिलो हुने बताइन्छ ।
यसका लागि स्टेसनसमेत छुट्टै बनाइएको हुन्छ । सो स्टेसनमा गाडी आउनुपूर्व नै यात्रुलाई आवश्यक जानकारी दिने प्रणाली हुन्छ । सो प्रणालीले गाडी आउने र छुट्ने वास्तविक समयसमेत दिने गर्छ । सोही अवधारणाअनुरूप नेपालमा पनि यस्तो आयोजना बनाउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *