नयाँ पुस्ताको फोर्ड रेन्जर -यापटर नेपालमा

अफरोड र अनरोड दुवैमा आफ्नो पर्फमेन्सद्वारा ख्याती कमाएको फोर्ड रेन्जर ¥यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर ¥यापटर नेपाली बजारमा आएको छ । नेक्स्ट–जेन रेन्जर -यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन्् जसले अफरोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको कम्पनीको भनाइ छ ।

अफरोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर -यापटरमा नयाँ ट्विन–टर्वो ३.० लिटर इकोबुस्ट भी६ पेट्रोल इन्जिन रहेको छ, जसले ५६५० आरपीएममा ३९७ पीएस पावर र ३५०० आरपीएममा ५८३ एनएम टर्क जेनेरेट गर्छ । फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १० स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर -यापटरको नयाँ ईन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ ।

नेक्स्ट–जेन रेन्जर -यापटरमा चालकले इलेक्ट्रोनिक रुपमा नियन्त्रित सक्रिय एक्जस्ट सिस्टमद्वारा आफ्नो -यापटरको आवाजलाई क्वाइट, नर्मल, स्पोर्ट र बाजा गरी चार एक्जस्ट मोडमध्ये एक चयन गर्न सकिन्छ ।

वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्ग पावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर -यापटरको एन्टी–ल्याग प्रणालीले थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरु बीच पनि पावर प्रदान गर्दछ ।

यस गाडीको लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड इन्जिनियरिङ्ग (सीएई) र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युन गर्ने, भल्वहरु ट्युन गर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर -यापटरको ड्राइभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ । नेक्स्ट जेन रेन्जर -यापटरमा फोक्स २.५ इन्च लाइभ भल्व इन्टरनल बाइपास सक एब्जर्बर रहेको छ जुन रेन्जर ¥यापटरमा अहिलेसम्मकै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि हो । यसले वास्तविक अफ–रोड ड्राइभमा सेन्सरहरुको सहयोगले प्रति सेकेण्ड ५०० पटकसम्म ड्याम्पिङ्ग एड्जस्ट गरी ड्राइभ सजिलो र आरामदायी बनाउँछ ।

नयाँ नेक्स्ट–जेन रेन्जर -यापटरमा सात ड्राइभ मोडहरु छन्, अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा ।

नयाँ इन्टेरियर हार्डकोर अफरोड रेसरहरुको लागि ध्यानमा राखी डिजाइन गरिएको छ । इन्स्ट्रयुमेन्ट प्यानल, ट्रिम र सिटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई -यापटरको एम्बियन्ट लाइटिङले बृद्वि गरिएको छ । एफ–२२ -यापटर जेट फाइटरका सिटहरुबाट प्रेरित भएर अगाडि र पछाडिका सिटहरुले यात्रुहरुलाई सडकमा वा अफरोडमा आरामदायी सवारीको अनुभूति दिन्छन् ।

नेक्स्ट–जेन रेन्जर -यापटर पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध छ, उच्च रिजोल्युसन १२.४ इन्च डिजिटल क्लस्टर र १२ इन्चको टचस्क्रिन फोर्डको नयाँ पुस्ताको SYNC 4A® का साथ जडान गरिएको छ । अन्य सुविधाहरूमा अपफिटर स्विचहरू र अफरोड स्क्रिन समावेश छन् ।

फोर्ड रेन्जर -यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छ । नेपाली बजारमा ३.० लिटर भी६ पेट्रोल र १०–स्पिड अटोमेटिक नेक्स्ट–जेन रेन्जर -यापटरको मूल्य २ करोड १५ लाख रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *