काठमाडौंको सार्वजनिक यातायात मा ठूलो परिवर्तन आउँने

यसअन्तर्गत गुड्ने गाडीको क्षमता बढी हुन्छ । यसका लागि छुट्टै डेडिकेटेड सडक लेन हुन्छ । साथै, ट्राफिक प्रणालीमा पनि उच्च प्राथमिकतामा राखिएको हुन्छ । यसका अलावा यात्रा पनि आरामदायी हुन्छ । त्यो अवस्थामा यस आयोजना बनेमा काठमाडौंको सार्वजनिक यातायात प्रणालीमा ठूलो परिवर्तन आउँछ ।

आमसर्वसाधारणको निजी सवारीसाधनतर्फ भएको आकर्षणसमेत घट्छ । त्यसको असरले दीर्घकालीन रूपमा ट्राफिक जाम कम गराउने, आयातीत पेट्रोलियम पदार्थको खपत घटाउनेलगायतका फाइदा हुन्छन् । तसर्थ, काठमाडौंको सार्वजनकि यातायात प्रणालीलाई सुधार गर्ने उपयुक्त विकल्प हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *