इलेक्ट्रिक सवारीसाधनको लोकप्रियता बढेसंगै पछिल्लो समय नेपाली बजारमा नयाँनयाँ व्रान्डका यस्ता साधन आयत हुने क्रमसमेत बढिरहेको छ । सोही क्रममा भारतीय व्रान्ड ओकाया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वृद्धि शशिला इलेक्ट्रिक प्रालिले भित्राएको छ ।
जापनिज प्रविधीमा आधारित भई भारतमा उत्पादित ओकाया स्कुटरलाई कम्पनीले हालसालै नेपालमा देशका विभिन्न स्थानहरुमा डिलर आह्वान गरेको छ ।
यो व्राण्डसंग सिंगल चार्जमा १६० किलोमिटरसम्म रेन्ज दिने फास्ट लगायत अन्य आधा दर्जन मोडलका इलेक्ट्रिक स्कुटर आकर्षक विभिन्न रंगहरुमा उपलब्ध छन् ।