इम्वोस्ड नम्वर प्लेट जडान गर्दा २५ सय देखि ३६ सय रुपैयाँ लाग्ने

यातायात व्यवस्था विभागले सवारीसाधनलाई प्रबिधीमैत्री बनाउन र चोरी हुनबाट जोगाउन यस्तो प्लेट जडान गर्न लागिएको विभागले बताउने गरेको छ ।
पर्याप्त पूर्वाधार विनानै समयसिमा तोकेर अनिबार्य गर्न लागिएको यस्तो प्लेट जडान गर्दा ग्राहकले ठूलो रकम खर्च गर्नुपर्ने देखिएको छ । इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याउन आवश्यक प्रविधि र उपकरण एवं सञ्चालनको पूर्वतयारीका लागि आवश्यक पर्ने डाटा सेन्टर, कन्ट्रोल रुम, स्टेलाइट कनेक्सन, आरएफआइडी स्टिकर, रिडेबल डिभाइस, टावरलगायत पूर्वाधार तयार पारेको छैन ।
विभागका अनुसार इम्वोस्ड नम्वर प्लेट जडान गर्दा दुई पांग्रे सवारी साधनमा २ हजार ५ सय, तीनपांग्रे सवारीसाधनमा २९ सय, साना चारपांग्रे सवारीसाधनमा ३२ सय र ठुला सवारीसाधनमा ३६ सय रुपैयाँ शूल्क लाग्नेछ । यसले चौतर्फी महंगीको मारमा पर्दै आइरहेका सवारधनीको खर्च अझै बढाइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *