सिप्रदी ट्रेडिङ्गले दियो निःशुल्क तालिम र रोजगार

सिप्रदी ट्रेडिङ्ग प्रालिले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरी रहेका सिप्रदीका च्यानल पार्टनरहरु – आधिकारीक सर्भिस सेन्टर (ASC), प्रमाणित ग्यारेज (CG) र आकस्मिक मर्मत सेवा केन्द्र (FAT) बाट सिफारीश भएका १२ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम सकेपछि सिफारीश गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका छन् ।
कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र खादा प्रदान गर्नु भएको थियो । समारोहमा प्रशिक्षार्थीहरुलाई बधाइ एवं शुभकामना दिदै प्रमुख कार्यकारी अधिकृतले उत्पादन गरिएका टेक्निशीयनहरु नवीनतम प्रविधिका टाटा गाडीहरु समेत मर्मत सम्भार गर्न सक्षम रहेकाले, टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवा पाउनुहुने जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *