विश्वको नम्बर एक मिसेलिन टायर वीरगञ्जमा

मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटो पार्टस प्रालिले उक्त ब्राण्डको नँया सोरुम वीरगञ्जको बाईपास रोडमा स्थापना गरेको छ ।

कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले “जय मा दुर्गा टायर हाउस“ सोरुमको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका संचालक मदनप्रसाद यादवलाई बिक्रेता नियुक्ति सम्बन्धी प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निःशुल्क प्रदान गरिएको छ ।
जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि ) र पेसेन्जर (इभी, एसयुभी आदि) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ । मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *