विद्युतीय सवारी साधनले जगाएको आशा

नेपालमा विगत केही बर्षदेखी विद्युतीय सवारीसाधनमा ग्राहकको रुची बढ्दै गईरहेको छ ।
कम्बस्टन ईन्जिनयुक्त सवारीसाधनको अनुपातमा विद्युतीय सवारीसाधनमा भन्सार महसुल कम लाग्नुका साथै अन्य विद्यमान करहरु पनि कम हुनु वा नहुनुका कारण पनि विद्युतीय सवारीसाधन प्रति आम उपभोक्ताहरुको चासो बढेको देखिन्छ ।
हुन त दशक अगाडि पनि नेपालमा विद्युतीय सवारीसाधन नभित्रिएका होईनन् । तर उक्त समयमा राज्यको स्पष्ट नीति नहुनु, अहिले जस्तो प्रतिष्पर्धात्म उत्पादन नहुनु, प्रविधिको विकास पनि अहिले जस्तो नहुनुको कारण त्यति बेला विद्युतीय सवारीसाधन प्रति जनचासो खासै उत्साहजनक थिएन । तर अहिले आएर विद्युतीय सवारीसाधन सम्बन्धि प्रविधिमा पनि उल्लेख्य विकास भएको छ । पहिले प्रयोग हुने बेट्री र अहिले प्रयोगमा आएको बेट्री मै पनि निक्कै भिन्नता छ । पछिल्लो समयमा विकास भएको बेट्रीको क्षमता, गुणस्तर र टिकाउ नै उच्च छ । यसैगरी अहिले विद्युतीय सवारीसाधनमा प्रयोग हुने अन्य प्रविधियुक्त उपकरण र सामानहरु पनि आम उपभोक्ताहरुलाई लोभ्याउने माध्यम बनेका छन् ।

यतिले मात्र नभएर अन्य मुलुकहरु वा भनौं त्यस्ता विद्युतीय सवारीसाधन उत्पादन गर्ने मुलुकमा हेर्ने हो भने पनि कम्बस्टन ईन्जिनयुक्त सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनहरु महंगा हुन्छन् । तर नेपालमा करप्रणालीको कारणले विद्युतीय सवारीसाधन नै सस्तो पाईएको अवस्था छ । यो कुरा बुझेका व्यक्तिको पहिलो रोजाईमा नै विद्युतीय सवारीसाधन पर्दछन् ।
यति हँुदाहँुदै पनि विद्युतीय सवारीसाधनको क्षेत्रमा गर्नुपर्ने थुप्रै कामहरु पनि छन् । राज्यले करप्रणाली मार्फत उपभोक्तालाई सुविधा दिएको भएता पनि व्यवसायीहरुले केहि बढि नै मुनाफा राख्नाले अभmै पनि सुलभ मुल्यमा त्यस्ता सवारीसाधनहरु पाउन नसकेको आम उपभोक्ताहरुको गुनासो छ । नेपालमा विद्युतीय सवारीसाधनको बिक्रि गर्ने जिम्मा लिएका व्यवसायीहरुले हरेक शहरबजारमा आप्mनो डिलर मार्फत प्रयाप्त स्पेयर पार्ट्स र मर्मत सेवाको उपब्धता गराउनुपर्ने आवश्यकता पनि औंल्याइएको छ । त्यसैगरी सरकारले आफैं वा नीजि व्यवसायीलाई प्रोत्साहन गरी प्रयाप्त मात्रामा चार्जिङ्ग स्टेशन निर्माण तथा संचालन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ ।

अहिले आएर केही कम्पनीहरुले नेपालमा नै विद्युतीय सवारीसाधनको उत्पादन वा एसेम्बल शुरु गर्नु सबैभन्दा सकारात्मक पक्ष मान्न सकिन्छ । केहि व्यवसायीहरुले त केहि बर्ष पहिले देखि नै दुईपांग्रे सवारीसाधनको नेपाल मै एसेम्बल गरिरहेका पनि छन् । यसले मुलुकको आर्थिक अवस्थामा सकारात्मक भुमिका खेल्नेमा दुईमत नहोला । केहि मात्रामा भएपनि मुलुकको पैसा यही रहनु र रोजगारमा समेत वृद्धि हुनुुले समग्र अर्थतन्त्रमा केहि न केहि त पक्कै टेवा पुग्नेमा आशावादि हुन सकिन्छ ।
र अर्को अझै महत्वपुर्ण कुरा, नेपालमा नै उत्पादन भईरहेको विद्युतको उपयोग हुनु र बाहिरबाट आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोगमा कमि हुनु पक्कै पनि मुलुकको अर्थतन्त्रको हिसाबले दीर्घकालिन फाईदा हो भन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *