दिनेश श्रेष्ठ
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
पछिल्लो समय राष्ट्र बैंकका पदाधिकारीहरू आफैँ ब्याजदर बढ्छ भन्दै हिँडिरहेका छन् । यसरी ब्याजदर बढ्दै जाने हो भने उद्योग व्यवसाय कसरी चल्छ ? हामीले काम नगरी बैंकलाई १५ प्रतिशत ब्याज तिर्नुपर्ने भन्ने हो भने सरकारले सबै व्यवसायको जिम्मा आफैँ लिए हुन्छ । साना उद्यम–व्यवसाय गरिरहेका व्यवसायीलाई तुरुन्तै ऋण तिर्न दबाब दिनुभएन । कतिले ऋण लिएर जग्गा, सेयरमा लगानी गरेका होलान् । अहिले जग्गामा कित्ताकाट गर्न पाइएको छैन । जग्गा नबेची कसरी ऋण तिर्ने ? सेयरमा पनि घाटा छ । अहिले उद्योग वाणिज्य महासंघले आफ्नै ढंगले ब्याजदर वृद्धि घटाउन पहल गरिरहेको छ । तर, हामी जिल्लागत तथा वस्तुगत संघ–संगठनहरू स्वतःस्फूर्त तवरले लागेका छौँ । महासंघको तहबाट भइरहेको पहल प्रभावकारी भएको छैन । सरकारले कार्यदल बनायो, छलफल भयो । तर, प्रतिवेदन कार्यान्वयन गर्न सकेन ।
Post Views: 83