एमके अटो क्लचका दुई बिक्रेता

यो इन्डियाको पुरानो कम्पनी हो । यसले इन्डियामा १९५९ देखि फ्रिक्सन आइटमहरुको उत्पादन गरिरहेको छ ।
यो कम्पनीले विभिन्न फ्रिक्सन स्पेयर पार्टस्हरुको उत्पादन गर्छ । तीमध्ये मोटरसाइकलका लागि उत्पादन भएका ब्रेक सु, क्लज प्लेट, डिस प्याड, पेपर क्लज प्लेट, हब सेन्टर, क्लज इनर एसेम्ब्ली लगायतका स्पेयर पार्टस्हरुको एसियन इम्पेक्स र सत्यदिप ईन्टरनेशनलले नेपालमा वितरण गरिरहेका छन् । सत्यदिप ईन्टरनेशनल भर्खर मात्र यो कम्पनीको आधिकारिक आयातकर्ताको रुपमा थपिएको हो ।
यसका अतिरिक्त स्कुटर र तीनपाङ्ग्रे सवारी साधनमा लागि पनि यसले विभिन्न क्लज आइटमको वितरण गरिरहेको छ । इन्डियाको पुरानो कम्पनीले फ्रिक्सन आइटमको उत्पादन गरिरहेको छ । यसले ओर्जिनल स्पेयर आइटमको उत्पादन गरेर उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराएको छ । यो निकै गुणस्तरीय भएकाले उपभोक्ताले मूल्य अनुसारको पार्टस्हरु पाएको अनुभुती गर्छन् । सवारी साधनको निर्माता कम्पनीले वितरण गरेका जेन्युईन स्पेयर पार्ट्स गुणस्तरीय त हुन्छन्, तर धेरै महँगा हुन्छन् ।
कतिपय ओई वितरकले निर्माता कम्पनीलाई स्पेयर पार्टस् दिँदा घाटामा दिएका हुन्छन् । त्यो रिकभर गर्न पनि उनीहरुले आफ्टर सेल्सका लागि महँगोमा स्पेयर उपलब्ध गराउँछन् ।
त्यसैगरी अहिले डुब्लिकेट स्पेयर पार्ट्सबाट पिडित मेकानिक्स तथा उपभोक्ताहरुले पनि यो जेन्युईन स्पेयर पार्टस्हरुलाई मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *