इन्डियाको पुरानो कम्पनीले १९५९ देखि फ्रिक्सन आइटमहरुको उत्पादन गरिरहेको छ । क्लच इनर एसेम्ब्ली एमके अटो क्लच कम्पनीले बजारमा नै सबैभन्दा पहिला उत्पादन गरेको स्पेयर पार्ट्स हो । यो कम्पनीले भन्दा अगाडि कुनै ब्रान्डले पनि क्लच इनर एसेम्ब्लीको उत्पादन गरेको थिएन ।
यो कम्पनीले विभिन्न फ्रिक्सन स्पेयर पार्टस्हरुको उत्पादन गर्छ । तीमध्ये मोटरसाइकलका लागि उत्पादन भएका ब्रेक सु, क्लज प्लेट, डिस प्याड, पेपर क्लज प्लेट, हब सेन्टर, क्लज इनर एसेम्ब्ली लगायतका स्पेयर पार्टस्हरुको एसियन इम्पेक्स र सत्यदिप ईन्टरनेशनलले नेपालमा वितरण गरिरहेका छन् । सत्यदिप ईन्टरनेशनल भर्खर मात्र यो कम्पनीको आधिकारिक आयातकर्ताको रुपमा थपिएको हो ।
यसका अतिरिक्त स्कुटर र तीनपाङ्ग्रे सवारी साधनमा लागि पनि यसले विभिन्न क्लज आइटमको वितरण गरिरहेको छ ।
इन्डियाको पुरानो कम्पनीले फ्रिक्सन आइटमको उत्पादन गरिरहेको छ । यसले ओर्जिनल स्पेयर आइटमको उत्पादन गरेर उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराएको छ । यो निकै गुणस्तरीय भएकाले उपभोक्ताले मूल्य अनुसारको पार्टस्हरु पाएको अनुभुती गर्छन् । सवारी साधनको निर्माता कम्पनीले वितरण गरेका जेन्युईन स्पेयर पार्ट्स गुणस्तरीय त हुन्छन्, तर धेरै महँगा हुन्छन् ।
कतिपय ओई वितरकले निर्माता कम्पनीलाई स्पेयर पार्टस् दिँदा घाटामा दिएका हुन्छन् । त्यो रिकभर गर्न पनि उनीहरुले आफ्टर सेल्सका लागि महँगोमा स्पेयर उपलब्ध गराउँछन् ।
त्यसैगरी अहिले डुब्लिकेट स्पेयर पार्ट्सबाट पिडित मेकानिक्स तथा उपभोक्ताहरुले पनि यो जेन्युईन स्पेयर पार्टस्हरुलाई मन पराएका छन् ।
कम्पनीमा हरेक उत्पादित वस्तुको परीक्षण गर्न आरएन्डी ल्याबको स्थापना भएको छ । त्यहाँ फरक प्यारामिटरका स्पेयर पार्टस्हरुको परिक्षण हुन्छ ।
फ्रिक्सन आईटमको पर्फमेन्सलाई मिउले परीक्षण गर्छ । यसरी परीक्षण गरेर हेर्दा एमके अटो क्लच कम्पनीले उत्पादन गरेका उत्पादनको कार्यक्षमता र विभिन्न ओर्जिनल इक्युपमेन्ट कम्पनीको कार्यक्षमतामा थोरै मात्र फरक पाईएको छ ।
यो क्लजप्लेट, प्रेसरप्लेट र हब सेन्टरको संयुक्त एसेम्ब्ली हो । यो फेर्न निकै सजिलो र सुरक्षित पनि हुन्छ । यी तीनवटा मध्ये एउटा मात्रै फेर्दा क्लचको जीवन खासै लामो हुँदैन ।
एमके कम्पनीले धेरै गाडी निर्माता कम्पनीहरुलाई धेरै थरीका स्पेयरपार्ट्स ओईएमको रुपमा पनि दिएको छ । एमके कम्पनीका यी उत्पादनहरु पनि
ओईएम हुन् तर यी स्पेयर पार्टस्हरुको मूल्य चर्को छैन । उपभोक्ताले उचित मूल्यमा धेरै सन्तुष्टी पाउँछ । एमकेका स्पेयर पार्टस्हरुको प्याकिङ पनि आकर्षक खालको छ । अन्य कतिपय स्पेयर पार्टस्हरुको मुल्य बजारमा ओईएम भनेर उपभोक्ताले तिर्ने नसक्ने खालको पनि हुन्छ ।