टाटाको पहिलो ईभी लर्निङ सेन्टर नेपालमा

टाटा मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले काठमाडौंको नैकापमा आफ्नो ईभी ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

ईभी लर्निङ सेन्टरको उद्घाटन टाटा मोर्टस लिमिटेड भारतका प्यासेन्जर भेहिकलको इन्टरनेशनल बिजनेस हेड मायांक बाल्दी र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्।  सिप्रदी टे«डिङले ईभी लर्निङ सेन्टर दक्षिण एसियामै पहिलो रहेको दाबी गरेको छ। विद्युतीय गाडी उत्पादन भइरहेको भारतमा समेत ईभी लर्निङ सेन्टर स्थापना नभइसकेको कम्पनीले जनाएको छ।

ईभी लर्निङ सेन्टरको उद्घाटन टाटा मोर्टस लिमिटेड भारतका प्यासेन्जर भेहिकलको इन्टरनेशनल बिजनेस हेड मायांक बाल्दी र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्।

सिप्रदी टे«डिङले ईभी लर्निङ सेन्टर दक्षिण एसियामै पहिलो रहेको दाबी गरेको छ। विद्युतीय गाडी उत्पादन भइरहेको भारतमा समेत ईभी लर्निङ सेन्टर स्थापना नभइसकेको कम्पनीले जनाएको छ।

ईभी लर्निङ सेन्टरको लागि टाटाले छुट्टै मेकानिकल इन्जिनियरको व्यवस्था गरेको छ।

कम्पनीका अनुसार ईभी ट्रेनिङ सेन्टरबाट १ हप्तादेखि ६ महिनासम्म ट्रेनिङ दिइनेछ, जसमा मेकानिक होस् वा विद्युतीय गाडीमा चासो राख्ने सबैले ट्रेनिङ लिन सक्छन्।

ईभी लर्निङ सेन्टरमा नेक्सन ईभी पृष्ठभूमि, ब्याट्री प्याक, डिसी चार्जिङ, जिपट्रोन प्रविधि, डायग्नोसिस, चार्जिङ सिस्टम आर्किटेक्चरलगायतको विषयमा तालिम दिइन्छ।

नैकापको ईभी लर्निङ सेन्टरमा विद्युतीय गाडीमा प्रयोग भइरहेको मोटर, ब्याट्रीसहित इक्विपमेन्ट राखिएको छ।

ट्रेनिङ लिने सबैले आफैँ छोएर वा हेरेर सिक्न सक्छन्। सेन्टरमा आवश्यकताअनुसार भिडियोमार्फत पनि सिकाउने व्यवस्था रहेको छ।

इन्टरनेशनल पीपी हेड मायांक बाल्दीले ईभी सेन्टर विद्युतीय गाडीको विषयमा जानकारी लिन चाहने सबैको लागि उपयोगी हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *