जिमिनी इनकर्पाेरेटेड प्रालीले नेपालमा रेसेन्स ब्राण्डको इभी ल्याउन लागेको छ । ३२० किलोमिटर प्रती फूल चार्ज माइलेज भएको मिनी एसयुभीलाई वितरक कम्पनीले इन्टर सिटी एसयुभीको रुपमा फोकस गरेर ल्याउन लागेको छ ।
यसको ग्राउण्ड क्लियरेन्स २३० एमएम रहेको छ । जुन इभीमा सबैभन्दा बढी हो । त्यस्तै यो गाडीमा चार्जिङ व्याकअपको रुपमा सोलार प्यानल पनि जडान भएको हुन्छ । घाममा कार हिड्दा वा पर्किङ गर्दा सोलार प्यानलले ३० प्रतिशतसम्म व्याट्रीमा चार्जिङको योगदान गर्न सक्छ । यसले व्याट्रिको क्षमतालाई बढाउछ, मोटरको लोड घटाउछ र व्याट्रीको आयु पनि बढाउछ । त्यस्तै सोलार प्यानलले एक बर्षमा ६०० किलोवाट विजुली बचाउँछ । त्यस्तै गाडीमा सोलार प्यानल पनि भएकोले चार्ज सकिने हो की भन्ने इन्जाइटी पनि घटाउछ ।
कम्पनीले नेपालको सडक अवस्थालाई टार्गेट गरेर यो रेन्ज र ग्राउण्ड क्लियरेन्सको गाडी ल्याएको जनाएको छ ।
कम्पनीको बुझाईमा नेपालमा कारको भन्दा एसयुभीको मार्केट राम्रो छ । यो गाडी कम्पनीले आर्कषक मुल्यमा ल्याउन लागेको छ । अहिलेको बजारमा जिप वा क्रसओभर मोडलको गाडी चढ्न चाहने उपभोक्ताहरु धेरै भएकोले यो गाडी धेरैको रोजाइमा पर्ने देखिन्छ ।
उत्पादक कम्पनीले उत्पादन गरेका धेरै भेरिएन्ट मध्येको यो टप भेरिएन्ट रहेको कम्पनीले जनाएको छ । कम्पनीका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर सुवास शर्मा भन्नुहुन्छ “ धनगढीदेखी महेन्द्र नगर, धरानदेखी विराटनगर, पोखरादेखी दमौली जस्ता १०० किलोमिटर आसपासका शहरहरुमा जान पनि २०० किलोमिटर माथिको माइलेजको गाडी चाहिन्छ । २०० किलोमिटर हिड्न २२० किलोमिटर माइलेज भएको गाडीमा जोखिम लिन सकिदैन । त्यसैले हामीले ३०० किलोमिटर भन्दा बढी माइलेज त्यसमा पनि सोलार प्यानल भएको गाडी ल्याएका हौं ।