मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ फेडेरेशन इन्टेरनेशनल डे अटोमोवाइल एफआइए (FIA) द्वारा फ्रान्सको मार्सेली सहरमा सञ्चालन भइरहेको मोटरस्पोर्ट गेम्सको प्रतियोगितामा अनिल बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्य नासा नेपालको तर्फबाट सहभागी भएका छन् ।
फाट्टफुट्ट नेपालमा कता कता मोटर रेस अनि कम्पिटिसनका कुराहरु सुनिन लागेको भर्खर मात्र दुई तीन बर्स जस्तो लाग्छ। अनवरत रुपमा यस्मा सम्पर्पित नासा नेपाल आज पन्ध्रौं बर्षमा खेलाडी अनिल कुमार बराल, दिप्रश शाक्य, जिस्वाँ तुलाधारलाई विश्वकप खेल्न पठाउदा आफू निकै खुसी रहेको बताउछन्, नासा नेपालका अध्यक्ष, दसरथ रिसाल ।
देसको झन्डा प्रतिस्पर्धामा उत्रिएका ९० रास्ट्रको बिचको भब्य माहोलमा फहराउदा नेपाली टोलि आफैमा एउटा जितको अनुभुती गरिरहेका थिए ।
सरुवाती समयदेखि नै हाम्रो जस्तो देश जहाँ प्रशिक्षण, तालिमको कुनै अवसर अनि सम्भावना नभएको पृष्ठभुमिमा तयार भएका यी खेलाडी, आफ्नु मातृभुमीलाई यति मात्र भए पनि चिनाउन पाएकोमा खुसि छन ।
नेपाली खेलाडीका टिम कप्तान अनिल कुमार बराल अटो स्लाम बिधामा सहभागी थिए । त्यस्तै कार्टिङ बिधामा सहभागी थिए, दिप्रश शाक्य ।
बिस्व बिजेताहरु बिचको प्रतियोगिताको बिचमा पनि नेपाली खेलाडी अनिल बरालको खेल हेर्न लायकको थियो ।
भारतका खेलाडी लगायत अन्य खेलाडीको समेत आँखाका केन्द्रबिन्दु बनेका नेपाली खेलाडीको युरोपेली स्तरको खेल प्रदर्सनले सबै चकित परेका थिए ।
यस प्रकारका खेलमा धेरै प्रबिधिक सहयोग पनि चाहिन्छ । प्रतियोगितामा नेपाली टिम सेलेक्सन राउण्डमा पराजित भएपनि उत्कृष्ट प्रदर्शनका लागि अधिकांश देशका सहभागीले प्रशंसा गरेको बताइएको छ । उक्त प्रतियोगितामा यदुराज लामिछाने, सृजना बराल र टीकाराम यात्री अफिसियल तथा मिडिया पर्सनको भूमिकामा सहभागी छन् ।
बिना प्राबिधिक, कोच, बिना नै नेपालीहरुको उपस्थितिले अन्य खेलाडी अचम्मित मात्रै होइन कि, दिप्रश शाक्य लगायत नेपाली खेलाडीको सहासको पनि गजबले खुलेर नै प्रसंशा गरेका थिए आयोजकहरुले ।
खेलमा इज्जतिलो प्रदर्शनबाट नेपालको नाम यसरी विश्व जगतमा राख्न सफल यी नेपाली टोलिलाई दिलबाट हरेक नेपालीको तर्फबाट बधाइ ।