यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र रिड गर्ने २०० थान मेसिन र २०० थान स्याम कार्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दिवेश लोहनीलाई ती मेसिन र कार्ड हस्तान्तरण गरे । मेसिन र स्याम कार्डको कुल लागत ८४ लाख १८ हजार रुपैयाँ छ । स्मार्ट कार्ड रिडर यसअघि नेपालमा जम्मा ४० वटा मात्र थियो । मेसिनले लाइसेन्समा भएको चिप्समा रहेको विवरण देखाउने छ । यसबाट स्मार्ट कार्ड तथा स्मार्ट कार्डवाहकको आधिकारिकता पहिचान गर्न सहज हुनेछ ।