महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच पुरस्कृत एवं सम्मान गरेको छ ।
सम्मानित हुनेहरु मध्ये ९ जना ट्राफिक प्रहरीलाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रसंसापत्रसहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ ।
प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ्ग एवं निर्देशन दिँदै आएकाे र फलस्वरुप घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एवं सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउदै आएको एसएसपी भट्टराईले प्रष्ट पारे। त्यस्ता खराव प्रबृत्ति बोकेका, घुष दिन खोज्ने चालकहरुलाई दैनिक जसो पक्राउ गर्दै आएको छ, त्यस्ता चालकहरुलाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै कडाईको साथ लग्दै जाने समेत बताए ।
उनले संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उच्चमा पुर्याउन बफादार एवं निष्ठाबाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामनासहित निर्देशनसमेत दिए । सम्मानित हुनेहरुलाई गर्दै आर्थिक प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी नगद पुरस्कृतसहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक शंकर खड्कासहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन् । यस्तै प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापती, नारायण दत्त भट्ट, पदम सिंह धामी, प्रमानन्द यादव, बसन्त कुमार गौतम, बिरेन्द्र कलवार, सम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बि.क., प्रकाश थापा, प्रज्ञान के.सी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर खड्कालाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले खादा ओढायर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ।