अनलाइन भुक्तानी वालेट खल्तीले बस टिकट खरिदमा स्मार्टफोन जित्न सकिने अफर ल्याएको छ । कम्पनीले बस टिकट खरिद गर्ने प्रयोगकर्तामध्ये २ जनालाई स्मार्टफोन दिने भएको हो ।
यो अफर असोज २७ देखि कात्तिक २६ सम्म लागू हुने खल्तीले जनाएको छ । यसअघि पनि कम्पनीले गत भदौ १९ देखि असोज १८ सम्म दशैँको समयमा बस टिकट खरिदमा यही अफर ल्याएको थियो। जसमा दुई जनाले स्मार्टफोन जितेका थिए । अफरमा सहभागी हुन खल्ती अकाउन्ट केवाईसी प्रमाणित हुनुपर्ने कम्पनीले जनाएको छ ।