नेपाली टिम पहिलो पटक ‘मोटर्स स्पोर्टस गेम’ मा

मोटर स्पोर्टसको अन्तराष्ट्रिय महासंघ फेडेरेशन अटो मोवाइलस्द्वारा फ्रान्सको मार्सेली सहरमा आयोजना हुने ‘मोटर्स स्पोर्टस गेम’ मा नेपाली टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ ।
अनिल बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालको तर्फबाट सो प्रतियोगितामा क्रमशः अटो स्लालम र बरिष्ठ स्प्रिन्ट कार्टिंग विधामा सहभागी हुदैछन । यही अक्टुबर २६ बाट ३१ सम्म हुने सो वोल्र्ड इभेन्टमा १७ भन्दा बढी बिधामा (डिसिप्लेन) समावेश गरिएको छ भने विश्वभरका देशका ड्राइभर्स (एथलेट) सहभागी हुदैछन ।

संसारमै अत्यन्तै लोकप्रिय भनीएको मोटर्सस्पोर्टस नेपालमा भने ढेड दशक आगडिबाट संस्थागत शुरुवात भएको हो । विश्वमै यसका दुइ दर्जन ज्यादा अन्तराष्ट्रिय प्रतिस्पर्धा भैरहेको अवस्थामा झण्डै ओलम्पीक फम्यार्टमा भने केहि वर्ष आगाडी मात्र मोटर स्पोर्ट्स गेमस्को शुरुवात भएको हो । अन्य प्रतियोगितामा गाडीको व्राण्डीङ्ग, कर्पोरेट सहभागिता ड्राइभर्स र टिमको व्राण्डीङ्ग जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डा देशको नाममा ड्राइभर्स र टिमको व्राण्डीङ्ग तथा राष्ट्रिय टिम र खेलाडीको सहभागिता मुख आधार । सहभागी ३ जना खेलाडीले नै थुप्रै राष्ट्रिय प्रतियोगिता तथा एसिया प्यासिफिक तहको अटो जिम खाना तथा कार्ट्समा सहभागिता जनाएको रेकर्ड छ । यदुराज लामिछाने र सृजना बराल अफिसियल रहेको नेपाली टिमको सहभागिताको लागि रजिष्ट्रेसन, Equipment’s तथा हवाई भाडा र त्यसको Accomodation को लागि अनुमानित २२ लाख लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *