नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक

टीभीएस मोटरको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरियो । सो कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो ।

टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिलो भ्वाइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ । स्मार्ट एक्सकनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म मार्फत संचालित भ्वाइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । युवावर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनटर्क स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडी लगायत अन्य थुप्रै कनेक्टिभिटी फङसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्ली देखाइएको छ । यसै गरी यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको नेभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टीभीएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । यसमा भएको रेस टनेल फ्युल इन्जेक्सन (आरटी–एफआई) इन्जिनका कारण यसको पर्फमेन्स अझै उच्च बनाएको छ । सो स्कुटरको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *