यामाहा माइलेज च्यालेन्जमा सर्मिला लामा बिजेता

यामाहा टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले रे जेडआर १२५ एफआई स्कुटरलाई लक्षित गरी देशव्यापी माइलेज च्यालेन्ज आयोजना गर्दै आइरहेको छ ।
यामाहा नेपालको वार्दिवासस्थित शोरुमले हालसालै आयोजना गरेको माइलेज च्यालेन्जमा रे जेडआर १२५ एफआई स्कुटरले ७३.०३ किलोमिटरसम्मको माइलेज दिएको छ । प्रतिस्पर्धाका रुपमा आयोजना गरिएको उक्त च्यालेन्जमा सर्मिला लामा सवार यो स्कुटरले प्रतिलटर पेट्रोलको खपतमा यति धेरै माइलेज प्रदान गरेको हो । उक्त प्रतिस्पर्धाको उनी विजेता वनेकी छिन् ।

यसैगरी फस्र्ट रनर अप नारायण काफ्लेले ७० किलोमिटर र सेकेन्ड रनर अप कोषराज उपाध्ययले ६७.६३ किलोमिटरको माइलेज प्राप्त गरे । उक्त माइलेज च्यालेन्जमा १५ भन्दा बढी राइडरले सहभागिता जनाएका थिए । बिजेतालाई शोरुमका तर्फबाट प्रमाणपत्र र आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।
यसरी आयोजना हँुदै आइरहेको च्यालेन्जमा यो स्कुटरले ७० किलोमिटर बढी माइलेज प्रदान गर्दै आइरहेको छ ।
१२५ सिसी सेग्मेन्टका स्कुटरमा सर्बाधिक माइलेज प्रदान गरेपछि अहिले यो स्कुटर ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको छ । स्कुटरको मूल्य २ लाख ६५ हजारदेखी २ लाख ९२ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *