टाटा मोटर्सको सबैभन्दा मन पराईएको हजार भन्दा बढी बुकिङ्ग भएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्धुतीय गाडीहरुको माग नेपाली बजारमा तिब्र गतिमा बढिरहेको छ । टाटा मोटर्सको विद्धुतीय गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ । नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्धुतीय गाडीको आपूर्ति गरिरहेको छ । यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ्ग गरेर गाडी कुरिरहनु भएका ग्राहकहरुले धेरै समयसम्म प्रतिक्षा गर्नुपर्ने छैन ।
यसैगरी फोर्ड इंडिया प्रालिको सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ । प्राविधिक रुपले समुन्नत यसको प्रति वर्ष ४,२०,००० इकाई विद्धुतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरुप विकास गर्नेछ । टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्धुतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।
टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्धुतीय गाडीहरुको विक्री वितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको । चार्जिंग र ग्राहक सेवा सम्बन्धि बृहत पूर्वाधार सहित यी गाडीहरुले निरन्तर बजार विस्तार भईरहेको छ ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिंग स्टेसन र १०० वटा स्लो चर्जिंग स्टेसनको स्थापना गरेको छ ।