लामो समयदेखि ग्राहकले प्रतिक्षा गरिरहेको मोडल एटो थ्री बीवाइडीको ग्लोवल मोडल हो । विश्वका करिब ७० देशमा विक्री गर्ने तयारी भइरहेको एटो थ्रीले विश्व बजारमा सफलता पाउन सुरु गरिसकेको छ ।
बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन भएकै कारण यसलाई मनपराउने मानिस बढ्दै गएका छन्। आधुनिक फिचरले भरिपूर्ण क्याविनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, मल्टी फङ्गशनल स्टेरिङ ह्वील रहेकोछ ।
म्यूजिक र स्पोर्टस्थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, ८ वटा स्पीकर, किलेस इन्ट्री, एम्बीयन्ट लाइटले यसलाई निकै ‘प्रिमियम फिल’ प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा स्टायडर्ड र लङ रेन्ज भेरियन्ट उपलब्ध रहेपनि अहिले नेपालमा स्टायडर्ड भेरियन्ट मात्रै उपलब्ध छ । एटो थ्रीको चारवटै चक्कामा डिस्कब्रेक दिएको छ । १८ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प, डे टाइम रनिङ लाइट, फलोमी हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।
यूरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको छ । नेपाल आएको एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । एटो थ्रीले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । सुरक्षाको लागि यसमा ७ वटा एयरव्याग, ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो रेकडर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ । एडीएएस लेभल दुई बराबरको सुरक्षा फिचर यसमा उपलब्ध रहेको छ ।