नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामक बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ । आगामी कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने सो भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन् ।
सो मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको मोटरसाइकल र स्कुटर लिदा बजार मुल्याङ्कन भन्दा ७ हजार रुपैयाँ भन्दा बढी पाउने छन् । साथै, नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुट समेत पाउन सकिने छ ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४,२७७ रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
हिजोबाट चलेको एक्सचेन्ज मेलाको २ दिनमा ग्राहकहरु निकैं कम भएको टीभीएसको डिलर रेस अटोका संचालक निर्मल सिग्देलले बताए ।