निम्बसको एफ–३ आई विद्युतीय साइकल

निम्बस नेपालले नेपालमा विभिन्न ब्रान्डका विद्युतीय साइकलको बिक्री–वितरण गर्दै आएको छ । यसले कतिपय विद्युतीय साइकल साइक्लिङका लागि ल्याएको छ भने केही साइकलहरु सामान ओसारपसार गर्न सकिने खालका पनि छन् । कम्पनीले साइकल सौखिनहरुको लागि र ग्रिन सिटी बनाउनका लागि ल्याएको छ ।
यसले बिक्री गरिरहेका धेरै साइकलमध्येको एफ–३ आई युनिक र अग्लो साइकल हो । यसमा २९ इन्चको टायर रहेको छ । यसमा रिल्याक्सिङ ग्रिप छ, जसले साइकल चलाउन सजिलो हुन्छ । सेन्सरको प्रयोग हुने यो साइकलमा मोटर, ब्याट्री, सेन्सर, कन्ट्रोल सबैमा दुई वर्षको वारेन्टी रहेको छ । सिट र सस्पेन्सनमा एक वर्षको वारेन्टी छ । त्यस्तै टायरमा ६ महिनाको वारेन्टी रहेको छ । यो फुल चार्जमा ३५ किलोमिटरभन्दा माथि हिँड्छ । यो साइकलको ब्याट्री सकिएको खण्डमा यसलाई नर्मल साइकलजस्तो चलाउन सकिन्छ । तर, नर्मल साइकलजसरी चलाउन पनि उतिसारो एफोर्ट दिन पर्दैन । यो साइकलमा कि सेन्सर भएको हुनाले यो कसैले चोर्न सक्दैन । यो साइकलमा एक देखि सात गियरसम्म रहेको छ । यो विद्युतीय साइकलको हाइब्रिड फर्म हो । यसमा केही गुण स्कुटरको र केही साइकलको रहेको छ । १२ फरक मोडलमा यो साइकल उपलब्ध छ । यसको फेस्टिबल डिस्काउन्ट ६ देखि ८ हजार रहेको छ । अहिले यसको शोरुम पुलचोक साझा पेट्रोलपम्प अगाडि रहेको छ । उपत्यकामा रहेको पोलुसन कम गर्नका लागि यो स्कुटर तथा साइकल निकै महत्वपूर्ण हुने कम्पनीले जनाएको छ ।
अटो नेपालले यो स्कुटरको टेस्ट ड्राइभ गरेको छ । यो निकै राम्रो र स्मार्ट साइकल हो । यो उकालो–ओरालो दुवै स्थानमा चलाउन निकै सहज पनि छ । तथापि साइक्लिङ गर्नेले हिलो माटोमा पनि साइकल चलाउने भएकाले त्यसका लागि भने यो उपयुक्त छैन । यो साइकल पिच सडकको लागि मात्रै उपयुक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *