ड्याण्डसनको पार्ट्सहरु पाउन गा¥हो छ ।

रेस्मा प्रधान मुल्मी,

संचालक – जुस मण्डला

 

जुनसुकै बस्तु वा सेवाको मुल्य पनि स्थान र गुणस्तर अनुसार फरक फरक हुुन्छ । त्यसैले फरक ब्राण्डका गाडीको मुल्य फरक हुन्छ । एउटै ब्राण्डको गाडीको मुल्य पनि स्थान र देश फरक पर्दा फरक हुन्छ । गुणस्तरको मुल्य तिर्नको लागी उपभोक्ताहरु पनि तयार हुन्छन् । त्यस्तै फरक गुणस्तरको जुस उपभोक्तालाई उपलब्ध गराएर उपभोक्ताको मन जित्ने काम जुस मण्डलाले गरेको छ । बजारमा फ्रेस जुस जताततै पाइन्छ । जुस मण्डलामा पाइने जुस फे्रेस जुस मात्र नभएर कोल्ड प्रेस्ड फ्रेस जुस हो । यहाँ एक खालको युनिक मेशिनको सहयोगमा कुनै पनि फलफूल तथा भेजिटेबल्सबाट विस्तारै रस निकालिन्छ । जुन बजारमा पाउने सामान्य मेसिनले तत्काल पेलेर निकालेको जुस भन्दा निकै फरक हुन्छ । जुस मण्डलाका सञ्चालक रेस्मा प्रधान, मुल्मीका अनुसार कोल्ड पे्रेस्ड् जुस भनेको फलफूल वा तरकारीलाई विस्तारै पेलेर रस निकाल्ने प्रविधि हो । जहाँबाट रस निकाल्दा न्यूट्रेसन लस हुदैन । यसबाट सिदै फलफूल खाए जस्तो जुस र न्यूट्रेसन प्राप्त हुन्छ । यो प्रिमियम जुस हो । यो जुस खाँदा अन्य जुस भन्दा निकै स्वादिलो लाग्छ । हामीले जुस मण्डला र रेस्माको अटो अनुभवका विषयमा कुरा गरेका थियौ । उहाँसंगको कुराकानी जस्ताको त्यस्तै ।

जुस मण्डला हिजो देखी आजसम्मको अवस्था
सबै खालका जुसलाई कभर गरोस भनेर यसको नाम हामीले जुस मण्डला राखेका छांै । जुस मण्डला खुलेको ३ वर्ष भयो । यो हामीले कोभिड हुनुभन्दा केही महिना अगाडी मात्रै खुलेको हो । कोरोनाको अबधिमा यसको बिक्री सामान्य थियो । हामीले स्टाफ नहँुदा आफै मात्रै आएर भएपनि खोल्ने गरेका थियौ । कुनै दिन एकजना स्टाफ मात्रै राखेर पनि चलायौ ।
विगत ६ महिनादेखी यसको बिक्री केही राम्रो हुदंै गइरहेको छ । तथापी कोभिड भन्दा अगाडीको अवस्थाको जस्तो भने अझै हुन सकेको छैन । यसको एउटा आउटलेट हार्दिक फिटनेस क्लबमा पनि छ । त्यहाँबाट पनि जुसको बिक्री भैरहेको छ । त्यहाँ पनि जुस निकाल्नको लागी मेशिन राखिएको छ । यसको बिक्री प्याकिङ गरेर विभिन्न रेष्टुरेन्ट, जिम सेन्टर, ग्रोसरी, लगायतका स्थानबाट पनि भैरहेको छ । त्यस्तै थप धेरै स्थानबाट यसको बिक्रीका लागी कुराकानी पनि भैरहेको छ । हामी मिक्स तथा प्लेन दुबै खालका जुस उत्पादन गर्छौ । यहाँ अफ सिजनमा पनि धेरै जसो फलफूलको जुस पाइन्छ ।
अहिले धेरैले स्वास्थको लागी भेजिटेवलको जुस पनि खाने गरेका छन् । तर कतिपय भेजिटेबलको जुस मात्रै खान मिठो हुदैन । हामीले त्यस्ता खालका उपभोक्ताको लागी भेजिटेबलमा अन्य खालको जुस मिसाएर पनि दिने गरेका छौ । तितेकरेला, गाँजर, लौका लगायतको जुसमा अन्य जुस मिसाउँदा खान निकै सहज हुन्छ ।
यी दुई आउटलेट भन्दा अन्य स्थानबाट बिक्री वितरण हुने जुस सिसाको बोतलमा प्याक भएर जान्छ । प्याकिङ गर्दा राम्ररी सिल हुने भएकोले डेलिभरी गर्न पनि कुनै खालको समस्या हुदैन । बोतलमा डेट लेखिएको हुन्छ र बोतलको डेलिभरी आवस्यक परेको खण्डमा आइस बक्समा राखेर गरिन्छ । प्याकिङ भएको जुस ३ दिन सम्म प्रयोग गर्न सकिन्छ । तर हामीले २ दिन भन्दा बढी बिक्री नगर्ने सर्तमा दिएका हुन्छौं । दुई दिनसम्म नबिकेको जुस हामी फिर्ता लिएर नस्ट गर्छौ ।
जुस उत्पादन गर्ने मेशिनको कुरा गर्दा यो मेशिन नेपालमा किन्न पाइदैन । यो फरक खालको कोरियन मेशिन हो । मैले विदेशमा फ्रेस जुस निकै फरक र राम्रो किन हुन्छ भनेर अध्ययन गरेर यो प्रविधि नेपालमा ल्याएको हो । मेशिन ल्याएर पहिला हामिले घरमै जुस उत्पादन गरेर परिक्षण ग¥यौ । अनि हामी यो जुस अरु भन्दा अलग, गुणस्तरिय र मिठो छ भन्ने भएपछी मात्रै हामीले यसलाई बजारमा लग्यौ । हामीले जुसको लागी गुणस्तरिय र सफा फलफुल तथा तरकारी मात्रै प्रयोग गर्छौ । स्याउलाई जुस निकाल्नु अगाडी नुन पानीमा राखेर सफा बनाउछौ । यहाँ जुसको अतिरिक्त भेजिटेरियन अजिनो मोटो नराखेको फुड पनि पाइन्छ ।

मेरो अटो अनुभव
मैले केही समय अगाडी अटो सेक्टरमा काम गरेको थिए । पछी आफ्नै विजनेस गर्ने सन्दर्भमा यो विजनेस च्वाइसमा प¥यो ।
सवारीको कुरा गर्दा म स्कुटर र गाडी दुबै प्रयोग गर्छु तर म अहिले दुबै भेइकल चलाउदिन । स्कुटर चलाउन निकै जोखिम लाग्छ र ठुला गाडीले स्कुटर चलाउने लेडिजलाई हेपे जस्तो लाग्छ । त्यसैले मलाई स्कुटर भन्दा गाडी नै ठिक लाग्छ ।
हामीले प्रयोग गर्ने गाडी ड्याटसन रेडी गो हो । मेरो व्यवसाय घरमा नैं भएकोले मलाई यसको खासै आवस्यकता हुदैन । तर पार्टिमा जाँदा र बेला बेलामा नगरकोट, धुलिखेल जस्ता स्थानहरुमा जाँदा गाडी प्रयोग गरिन्छ । गाडीमा हिड्दा सडकको जाम, खाल्डा खुल्डी र धुलोले बेला बेलामा दिक्क पार्छ ।
उपत्यकामा राती गाडी चलाउनु निकै जोखिम छ । किनकी काठमाण्डौका सडकमा बत्ति छैन । धेरै खाल्डा खुल्डी छन् । तर ललितपुरमा भने सडक लाईट निकै राम्रो छ । ललितपुर काठमाण्डौ भन्दा सफा र उज्यालो पनि छ । काठमाण्र्डौको मुख्य सडकमा लाइटलाई ध्यान दिनु पर्छ । त्यहाँ पनि तुरुन्तै राम्ररी लाइट हाल्नु पर्ने देखिन्छ ।
अहिले हामीले चढेको ड्याण्डसनको सर्भिसिङमा समस्या छ । अहिले बजारमा यसको पार्ट्सहरु पाउन गा¥हो छ । त्यस्तै यो गाडीमा ५–६ वर्षमै धेरै समस्या आएको छ । त्यसैले यसको पर्फमेन्स मलाई चित्त बुजेको छैन । अन्य कुरा ठिकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *