स्कोडा कुशक र फक्सवागेन टाइगुन फाइभ स्टार सेफ्टी रेटिङ पाउन सफल

भारतमा उत्पादन भएको स्कोडा कुशक र फक्सवागेन टाइगुनले ग्लोवल एनक्यापको नयाँ मापदण्ड अनुसार भएको परिक्षणमा फाइभ स्टार सेफ्टी रेटिङ पाउन सफल भएका छन् । यी दुबै एसयूभीले एडल्ट र चाइल्ड सुरक्षामा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल भएका हुन् ।

दुबै एसयूभीले एडल्ट सुरक्षामा ३४ अंकमा २९.६४ र चाइल्ड सुरक्षामा ४९ मा ४२ अंक प्राप्तगरी फाइभ स्टार सेफ्टी रेटिङ पाउन सफल भएका हुन् । यी दुबै एसयूभी एउटै प्लेटफर्म र प्लान्टबाट उत्पादन भएका हुन् ।

नयाँ अपग्रेड फिचरमा सबै प्यासेन्जरको लागि सिटबेल्ट रिमाइन्डर र साइडमा ठोक्कदा पर्ने इम्प्याक्ट परिक्षण समेत गरिएको थियो । ग्लोबल एनक्यापले यसअघि यी दुई विषय परिक्षण गर्ने गरेको थिएन । नयाँ मापदण्डमा पछाडि बस्ने प्यासेन्जरले प्रयोग गर्ने सिट बेल्ट रिमाइन्डर र साइड इम्प्याक्ट परिक्षण थालिएको हो ।

यी दुबै एसयूभीमा चालक र प्यासेन्जरको टाउको, घाँटी, छाति जस्ता सम्बेदनशील अंगको सुरक्षामा अब्बल देखिएको थियो । दुबै एसयूभी सुरक्षाको मामलामा सेग्मेन्ट लिडर बनेका छन् । यी दुबै एसयूभी नेपाली बजारमा राम्रो संख्यामा विक्री हुँदै आएका मोडल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *