नेपाल ल्यूब आयल लिको साधारण सभा सम्पन्न

नेपाल ल्यूब आयल लिको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ । कम्पनीद्धारा यस साधारण सभामार्फत शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको शेयरधनीहरुले खुल्ला प्रशंसा गर्नुभएको छ ।
त्यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ८१.२५ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमार चौधरीले भन्नुभयो, “ नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन् । शेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्ने छैनौं ।
बैठकपछि कम्पनीको कार्यसम्पादनबाट शेयरधनीहरु निकै उत्साहित देखिन्थे । कार्यक्रममा डमरु बल्लभ, गुणराज भट्ट र अन्य शेयरधनीहरूले आ–आफ्नो उत्साह व्यक्त गर्र्दैै भने, “नेपाल ल्युब आयल लिमिटेड अन्य लिमिटेड कम्पनीहरुका लागि रोल मोडल हो, कम्पनीले सेयर धनीहरुलाई नियमित रुपमा उच्च बोनस प्रदान गर्दै आएको छ, यस कम्पनीसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गर्दछु ।“
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपाल मै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्गजस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसंग रहेको छ । त्यस्तै गल्फ लूब्रिकेन्टस् नेपालको समेत मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्नेगरी व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *