जम्बो इको भेइकलको दशैंतिहार जम्बो अफर

नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्व लाई लक्षीत गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ । यस अफर अन्तरगत जम्बो इको भेहिकलले बिक्री बितरण गर्र्दै आएका साइकल तथा स्कुटरहरुमा ग्राहकले सिधै नगद रु ७ हजारदेखी रु ३५ हजारसम्म छुट पाउँनका साथै रु १० लाख बराबरको दुर्घटना बिमा पाउने छन । ईलेक्ट्रिकल स्कुटरको इतिहासमै पहिलो पटक यति ठुलो सुविधा दिएको बताउँछन् । जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने ।
लोकन्थली (जडिबुटी) भक्तपुरमा मल्टी ब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल सस्तोमा रु ७५ हजार देखी रु ३ लाख २० हजारसम्म पर्ने ईलेक्ट्रिकल स्कुटर तथा सवारी साधन बिक्री बितरण गर्दै आएको छ । फरक फरक मोडेलमा फरक फरक छुट भएतापनी प्रत्येक साधनको मा रु १० लाख बराबरको दुर्घटना बिमा गरिएको न्यौपाने बताउँछन् ।
जम्बो इकोले लिथियम आयनयुक्त उत्कृष्ट प्रविधीका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकलका साथै शारिरिक रुपले विकलांग भएका व्यक्तिका लागी ईलेक्ट्रिकल व्हिलचियर उपलब्ध गराउदै आएको छ ।
चिनलगायत अन्य मुलुकबाट ईलेक्ट्रिकल लगायत अन्य सवारी साधन आयातमा समस्या देखिएता पनि जम्बो इकोले चाड पर्वलाई लक्षित गरी स्टक उपलब्ध गराएको हँुदा
ग्राहकले रोजी–छानी ईलेक्ट्रिकल स्कुटरहरु लोकन्थली नरेफाँत स्थित शोरुमबाट सजिलै खरिद गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *