श्री नेपाल अटो मेकानिक्सको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान

श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा ललितपुरमा बाइक अटो मेकानिक्सहरुलाई भेला गरी शुभकामना आदानप्रदान तथा चियापान सम्पन्न भयो ।

सभापति श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्ष रुद्र खड्का, प्रमुख अतिथी अटो नेपालका डाईरेक्टर रोशनकुमार श्रेष्ठ, अतिथी सिप्रदी ट्रेडिङ (एक्साइड ब्याट्री डिभिजन सर्भिस) का महाप्रबन्धक, क्यास्ट्रोल लुब्रिकेन्ट्सका प्रतिनिधी,  पुर्व अध्यक्ष राजकुमार बिक लगायतका अटो व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी, अटो नेपालका संचालक रोशनकुमार श्रेष्ठले सबैं मिलेर अटो मेकानिक्स पेशालाई थप व्यवस्थित र मर्यादित बनाउन अनुरोध गर्दै उपस्थित मेकानिक्सहरुलाई विजया दशमी लगायतका सबैं चाडपर्वको शुभकामना व्यक्त गर्नुभयो ।

उक्त शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपस्थित सबैं अतिथीले शुभकामना व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *