भृकुटीमण्डपमा क्यास अन ह्विलको ‘अटो एक्स्पो’

क्यास अन ह्विलको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा असोज १२ गतेदेखि १४ गतेसम्म अटो–एक्स्पो मेला भएको छ । दसैंको अवसरमा हुने मेलामा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाइने छन् । क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीका अनुसार असोज १२ गतेदेखि १४ गतेसम्म हुने मेलामा २ सय गाडी बिक्रेताहरु हुनेछन् । ब्राण्ड न्यू SUZUKI, DFSK, FORCE – GURKHA (4 Wheeler’s) (2 Wheeler’s) CROSSFIRE, ITALJET, PURE (EV) अफर मूल्यमा राखिएको उनले जानकारी दिए । ‘गाडी किनबेच या एक्सचेन्च गर्न अहिलेको जमानामा थुप्रै विकल्प छन् । क्यास अन ह्विल र अन्य सामाजिक सञ्जालमार्फत् पनि यो काम भैरहेको छ,’ उनले भने, ‘भृकटीमण्डपमा असोज १२ गतेदेखि १४ गतेसम्म हुने मेलामा २ सय भन्दा बढि प्रयोग गरिएका गाडीका बिक्रेताहरु सहभागी हुनेछन् ।’ मेलामा दश हजारभन्दा बढी खरिद बिक्रीकर्ताहरुको जमघट रहने छ भने तीस हजारभन्दा बढी व्यापरिक घरनाको सहभागिता रहने बताइएको छ । साथै एक्स्पोमा गाडी खरिद गर्नेलाई बिना झन्झट सहजै फाइनान्सको व्यवस्था रहेको छ। एक्सपोमा किन्ने र बेच्नेबीच सिधा डिल हुने पनि आयोजकले जनाएको छ । मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *