गल्फ लुब्रिकेन्ट्सले फ्रि चेकअप क्याम्प सञ्चालन गर्दै

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंमा आ आफ्नो घर पाल्नु हुँने यात्रुहरूलाई लक्षित गर्दै चार पांग्रे र दुइपांग्रे सवारी साधन फ्रि चेकअप क्याम्प आयोजना गर्दैछ । सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुनेछ । कम्पनीका अनुसार, “नेपालीको महान चांड दशैंको अवसरमा हामी मध्ये धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कने छौं ।
सो यात्रा आरामदायी बनाउन हामीले महत्वपूर्ण ठाउँहरु पहिचान गरी, त्यहाँ फ्रि चेकअप क्याम्प आयोजना गर्दैछांै । “मलेखु, हेटौडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अत्तरिया, लौकी इटहरीमा क्याम्प स्थापना गरिएको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १०% सम्म छुट र स्पेयर पार्ट्समा १०% सम्म छुट पनि दिनेछ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *