मोटरसाइकल रेसिङको उपाधि राजकुमार कार्कीलाई

नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२ को ट्रफी राजकुमार कार्कीले उचालेका छन् ।
सातदाबाटोमा शनिबार सम्पन्न १ सय ५० सीसीको मोटरसाईकल रेसिङमा आशिक लामा दोस्रो तथा अजय तामाङ तेस्रो भए ।


नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) मा आबद्ध क्लबमोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा ४८ जना प्रतिस्पर्धी थिए । पहिलो दिन शुक्रबार क्वालिफाइङ राउन्ड भएको र दोस्रो दिन शनिबार फाइनल प्रतियोगिता भएको मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए ।
यमाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, माउन्टेन स्पोर्टस फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई तथा नासा नेपालका पदाधिकारी र मोरङ अटो वर्क्सका अधिकारीहरुले पुरस्कार वितरण गर्नुभयो ।
विश्वकै लोकप्रिय मानिएको मोटरसाईकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो । विश्व मोटरसाईकल महासंघ फेडेरेसन इन्टरनेशनल डे मोटरसाईक्लीजमको नेपाल च्याप्टरको रुपमा नासा नेपाल र त्यसको मातहतका दर्जनौ क्लबहरु मोटरसाइकल रेसिङ, र्याली र टुरिङमा क्रियाशिल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *