कामना सेवा विकास बैंकले सहज फाइनान्स र अन्य सुविधा उपलब्ध गराउने

राजधानीको भृकुटीमण्डपमा जारी नाडा ईभी एक्सपो २०२२ मा विभिन्न बैंकहरुले समेत अफर उपलब्ध गराइरहेका छन् । कामना सेवा विकास बैंकले ईभी खरिद गर्न चाहने ग्राहकलाई ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउने बताएको छ । यस अनुसार २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर गाडी लिन सकिन्छ ।

बैंकले हाल १५.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको बताएको छ । त्यसैगरी प्रक्रियागत खर्चमा लाग्ने शुल्कमा ०.२५ प्रतिशत छुट उपलब्ध गराउने बताएको छ ।

बेस रेट अनुसार ब्याजदर घटबढ भइरहने हुनाले हालको ब्याजदर त्यति भएको हो । समयक्रम अनुसार ब्याजदरमा फरक हुन सक्ने छ । हाल बैंकहरुले तरलता अभाव र अन्य कारणले कर्जा प्रवाह गर्न समेत हिच्किचाइरहेको समयमा कामना सेवा विकास बैंकले सहज फाइनान्स र अन्य सुविधा उपलब्ध गराउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *