एरोमा स्कुटरमा हेलि टुरको फेस्टिवल स्किम

विगत ५ बर्ष देखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी त्यसको बिक्रि तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको श्री आरोग्य मोटर्सले विद्युतीय दुइ पाँग्रे सवारीसाधनको बिक्रि सुभारम्भ गर्न लागेको जानकारी गराउन पाउँदा हामी अति हर्षित छौं ।
वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको परिपेक्षमा हाम्रो कदम पक्कै पनि फलदायी हुनेमा हामि विश्वस्त छौं ।
चीनबाट पार्ट्सहरु ल्याइ नेपालमा नै एसेम्बल गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा तीन पाँग्रे सवारीसाधन बिक्री गर्दै आइरहेकोमा हामिले दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाइएका छौं ।
त्यसका लागि हाल हामिसँग जोडिएका डिलर नेटवर्क र हाम्रा शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रिका लागि व्यवस्था मिलाइएकोे छ ।
हालसम्म काठमाण्डांै, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शहर तथा बजारमा हाम्रो डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ । आगामी महिना भरीमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा हाम्रा डिलरहरु विस्तारको तयारी भइरहेको छ ।
पहिलो चरणमा एरोमा स्कुटरका विभिन्न ३ मोडेल र ५ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् । ३००० वाट क्षमताको मोटर जडित ती स्कुटरहरुमा ७२ भोल्टका ५० तथा ६० एएच लिथिएम बेट्री प्याक उपलब्ध हुनेछन् । ५० एएच बेट्री प्याक भएका स्कुटरको मुल्य २,५८,००० र ६० एएच बेट्री प्याक भएको स्कुटरको मुल्य २,७२,००० राखिएको छ । यसै महिनाको १२ गते देखि ती स्कुटरहरु ग्राहकलाई क्रमशः वितरण गर्ने गरी तयारी गरिएको छ ।
२ घण्टा भन्दा कम समयमा फुल चार्ज गर्न सकिने डेडिकेटेड चार्जर यसमा उपलब्ध हुनेछ । एक पटकको फुल चार्जमा करिब १५० किलोमिटर सम्मको रेन्ज दिने भएकाले पनि धेरैको रोजाईमा एरोमा स्कुटर पर्नेमा हामी विश्वस्त छौं ।
१६० एमएम ग्राउण्ड क्लियरेन्स भएकाले कच्ची तथा पक्की दुबै खालको बाटोमा एरोमा स्कुटर चलाउन सहज हुनेछ । यसमा अगाडि र पछाडिका दुबै पाँग्रामा डिस्कब्रेक प्रयोग गरिएको हुनेछ । हाम्रो आफ्नै ब्राण्ड भएकाले पनि भविष्यमा नेपाली माटो र आवश्यकता सुहाँउदा अन्य मोडेलहरु ल्याई नेपाली बजारमा विक्री वितरण गर्ने हाम्रो प्रयास रहनेछ ।
दशैतिहार तथा छठ पर्वको अवसरमा लक्की ड्र मार्फत १० जना ग्राहकलाई गोसाईकुण्डको हेलि टुरको फेस्टिवल स्किम राखिएको जानकारी श्री आरोग्य मोटर्सका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले जानकारी दिनुभयो ।
देशका प्रमुख शहरहरुमा डिलर लिन इच्छुक व्यवसायीहरुलाई समेत यसै विज्ञप्ती मार्फत जोडिनका लागि आव्हान गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *