आर्चर स्कुटर ५ पावर मोडमा चलाउन सकिने

सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो ब्रान्डको आर्चर मोडलको विद्युतीय स्कुटर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक कार्यक्रमका बीच नेपालमा सार्वजनिक गरेको छ ।

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालमा हाल विद्युत समेत प्रशस्तै मात्रामा भएको र विद्युतीय सवारी साधन समेत बढ्दै गएको अवस्थामा सबैले यसको प्रवद्र्धनमा लाग्नु पर्ने बताए ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले नेपाली बजारमा विभिन्न मोडलका विद्युतीय सवारी साधन र त्यसका लागि आवश्यक चार्जिङ स्टेसनको प्रवद्र्धनमा आफूहरु लागिरहेको बताउदै सबैले वातावरणमैत्री सवारी साधनको प्रवद्र्धनमा लाग्नु पर्ने बताए ।

आर्चर विद्युतीय स्कुटरमा १५ सय वाटको हब मोटर प्रयोग गरिएको छ । यसमा प्रयोग भएको ४८ भोल्टको लिथियम आयोन ब्याट्रीमार्फत सिंगल चार्जमा १२० किलोमिटर चलाउन सकिन्छ । ब्याट्रीको क्षमता १० किलोवाट आवर छ । यसलाई ३ घण्टा ४५ मिनेट भित्र फुल चार्ज गर्न सकिन्छ ।

यसले ३५०० आरपीएममा ५.४४ किलोवाटको पिक पावर दिन्छ भने २९ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६० किलोमिटर प्रतिघण्टाको गति सम्म चलाउन सकिन्छ ।

यसको ब्याट्रीमा ३ वर्षको वारेन्टी उपलब्ध छ । यो स्कुटरको मूल्य २ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।

यो स्कुटरमा ईबीएस अर्थात इलेक्ट्रिक ब्रेकिङ सिस्टम, डिजिटल डिस्प्ले स्पिडोमिटर, रिमोट लकिङ र एन्टी थेफ्ट बजर सिस्टम, हेभी ड्युटी फ्रेम बडी, ट्युबलेस टायर, अलोय ह्विल, डीआरएल सहितको एलईडी लाइट, युएसबी चार्जर, डिस्क ब्रेक आदि फिचर उपलब्ध छन् ।

यो स्कुटरलाई ड्राइभिङ मोड, टर्क बुस्टर मोड, रिभर्स मोड, क्रुज मोड र पार्किङ मोड गरी ५ पावर मोडमा चलाउन सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *