हाभल जोलायनलाई फाइभ–स्टार सेफ्टी रेटिङ

जीडब्लुएम हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनसीएपी)ले फाइभस्टार प्रदान गरेको छ ।

हाभल जोलायनले सुरक्षा रेटिङमा फाइभस्टार पाएको हो । यस परीक्षणमा जि.डब्लु.एम हाभल जोलायन लाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो ।  यसका साथ साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो । एएनक्याप सेफ्टी रेटिङ एएनक्यापको २०२०–२०२२प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिइएको कम्पनीले जनाएको छ ।

‘हाभल जोलायन जि.डब्लु.एमका गाडीहरुमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको छ’, एएनक्यापका प्रमुख कार्यकारी अधिकृत कार्ला हुरवेगले भने। थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्यानन (केही अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पावर वा पी – सिरिज पनि भनिन्छ) ले पहिले नै एएनक्यापबाट फाईभ स्टार रेटिङ प्राप्त गरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *